Monday, August 1, 2011

बिमल कुमार सुनार.......

बिमल कुमार सुनार..... हित को परानी ..



भेट्दा पनि तिमी नबोल्ने रे किन म संग ?
कती चाडै फेर्‍यौ सानी तिम्ले मायालु रंग ?

हिजो सम्म तिमी हाँस्दै मिठो बाचन गर्थौ ।
तर आज तिम्रो चिठ्ठी पाढ्दा भए म दंग ।।

तिमी संगै जुनी काट्ने देख्थे सपना मैले ।
तिम्रै बारे सोच्दा सोच्दै भयो दिमाग भंग ।।

अचानक आज मेरो मन आगो बनेर आयो ।
अब लड्छु तिमीलाई हात पार्न बिशाल जंग ।।

भेट्दा पनि तिमी नबोल्ने रे किन म संग ?
कती चाडै फेर्‍यौ सानी तिम्ले मायालु रंग ?

No comments:

Post a Comment